Thursday, December 22, 2016

Job Title: Receptionist




Company : PH Diagnostics

Experience : 1 – 4 years
Country : Dubai – United Arab Emirates
Academic Qualification : Any Graduation.  Indian, Filipino Female preferred
Facility includes : Medical Insurance, Paid Leaves and Airfare

Job Description

1. Interacts with anybody coming to the Centre for whatever purpose in a courteous manner.
2. Directs patients regarding test requirements, costs and sample requirements/special instructions. Refers them to the Phlebotomist or Technicians.
3. Dispatches reports to the patients in a sealed envelope either over the counter or through the couriers.
Interacts with doctors, sample couriers/messengers over the phone such that all activities are well coordinated. Arranges for stocks of consumables/stationery to be dispatched to the clinics.
4. Responsible for collecting payments from clients/patients for the services to be rendered and is directly responsible for the cash register.
5. Directs telephone calls to staff concerned and connects external calls on staff instructions.
6.Arranges appointments and directs visitors to the staff they have come to meet.

Sunday, December 18, 2016

Time not on my side for all offers, says Big B

IANS, Mumbai



Aamir reveals why Rajinikanth didn't dub for 'Dangal'

IANS, Mumbai

Dec 17, 2016-  Actor-producer Aamir Khan says it was because megastar Rajinikanth's voice is very recognisable that he did not dub for the Tamil version of the forthcoming film "Dangal".
"The film is being dubbed in Tamil and Telugu, and yes, I did approach Rajini sir. Rajini sir also loved the film and after discussing it with him, both he and I decided that his voice is too recognisable," Aamir said at an event here on Friday.
"He is so famous and so recognizable, and his voice won't suit my face. I also felt that and he also felt that after discussing it. But he really loved the film, and he was encouraging," Aamir added.
He said he would love to work with Rajinikanth.
Whether he does a Hindi film or a Tamil film, we watch his films in any case. So, I would love for him to do a Hindi film. '2.0' is coming and I am looking forward to that. I would love to work with him again and I am big fan of Rajini sir," said Aamir, whose "Dangal" is an Indian biographical sports drama film.
Aamir brings alive the real life character of Mahavir Singh Phogat, who taught wrestling to his daughters Babita Kumari and Geeta Phogat.
The film is releasing on December 23. Aamir said he has requested theatre owners to avoid increasing the price of the movie's ticket.


एसएलसी सकिनेबित्तिकै मैले विवाह गरें । विवाहपछि मलाई करियरलाई अघि बढाउन तथा सरसल्लाह गर्न अनि कतिपय कुरामा निर्णय लिन सहज भयो । आफ्नो लाइफ सेटलमेन्ट भयो । आज म सुखी परिवारकी धनी भएकी छु, जसलाई म विवाहको सकारात्मक पक्षका रूपमा लिन्छु तर समाजशास्त्रमा स्नातकोत्तर तथा एमबीए गरेकी म सानी छोरीलगायत घरायसी कारणले भनेजस्तो जागिरमा जान सकिन । आज मेरा साथीहरू लाखौं तलब खाइरहेका छन् ।
म भने अन्तर्राष्ट्रिय गैरसरकारी निकायमा जागिर मिल्दा समेत सानी छोरी र परिवारका कारण जान सकिन । सेन्टमेरिजकी विद्यार्थी मेरी आमा जीवनभर गृहिणीमै सीमित हुनुपरेको थियो भने म पनि झन्डै उही बाटोमा छु । मेरा श्रीमान् अत्यन्तै सहयोगी हुनुहुन्छ तर हामी दुवै जना कामबाट थाकेर घर पुग्दा किचेन चाहिँ मैले नै पस्नुपर्छ । थकाइ त मलाई पनि उत्तिकै हो नि । यस्ता कुरा महिलाका लागि विवाहका गह्रौं पक्ष बन्न पुग्दा रहेछन् ।

अनुजा राजभण्डारी श्रेष्ठ (संस्थापक निर्देशक, एकादेशमा, ठमेल)
विवाहले भनेजस्तो चलायमान हुन दिँदैन । यसले लाइफ सेटल गर्छ । विवाहपछि सुख–दु:ख बाँड्ने साथी पाइन्छ । आफूले लिन नसकेका निर्णयमा सरसल्लाह–विचार प्राप्त हुन्छ र सही निर्णय लिन सघाउ पुग्छ । समाजको दृष्टि सकारात्मक हुन्छ जुन विवाहका राम्रा पक्ष हुन् । तथापि विवाहपछि अध्ययन एवं करियरमै विश्राम लगाउनुपर्ने, आफूले चाहेका काम–कुरामा अवरोध हुने तथा व्यक्तिगत जीवनका स्वतन्त्रताहरू खुम्चिने सम्भावना हुन्छ । जसलाई विवाहपछिको जटिलता भन्न सकिन्छ ।

सरिता खड्का (शाखा प्रमुख, बैंक अफ काठमाडौं लुम्बिनी, ज्ञानेश्वर शाखा)
सबैभन्दा महत्वपूर्ण कुरा त आमा हुन पाइन्छ जुन नारीका लागि ईश्वरीय वरदान हो । विवाहपछि व्यवस्थापकीय क्षमता अभिवृद्धि हुन्छ । परिपक्व भइन्छ । जीवनका महत्वपूर्ण निर्णयहरूमा सल्लाह दिने साथी पाइन्छ भने दु:खका बेला मन बिसाउने मान्छे आफूसँगै हुन्छ । विवाहको नकारात्मक पक्ष व्यक्तिगत स्वतन्त्रतामा धेरथोर अंकुश लाग्नु नै हो । गृहस्थी जीवनमा आफ्नोभन्दा अरूको खुसी र सुखको ख्याल गर्नुपर्ने हुँदा आफ्ना रहरहरू ओझेलमा पर्दै जान्छन् भने आफ्नो जन्मघर एवं जन्मदातासँग पनि टाढा हुनुपर्छ ।

दिव्यज्योति विष्ट (सञ्चारकर्मी तथा गायिका)
विवाहमा प्रेमभन्दा बढी प्रणय सम्बन्धमा ध्यान राखिने भएकाले विवाहपछि व्यावसयिक रफ्तार सुस्त हुँदै जान्छ । विवाहमा आपसी समझदारी भैदियो भने स्वर्ग नै प्राप्त भएजस्तो हुन्छ । आपसमा गलत बुझाइ तथा मतभेद उत्पन्न भयो भने त्यही विवाह नर्क बन्नसमेत बेर लाग्दैन । तसर्थ विवाह राम्रो र नराम्रो हुने कुरा आपसी समझदारीमा निर्भर रहने कुरा हो । अन्डरस्ट्यान्डिङ छ भने आफू, आफ्नो परिवार एवं करियर उँभो लाग्दै जान्छ । सफलता प्राप्त गर्न समय नै लाग्दैन । छैन भने अध्ययन एवं करियरलाई नै रोक्नुपर्ने, लवाइ–खवाइ, हिँडडुल तथा खानपानसमेत परिवर्तन गर्नुपर्ने अवस्था आइपर्छ जसले महिलाको मानसिकतामा आघात पुर्‍याउँछ ।  

भारती अधिकारी  (फुड टेक्नोलोजिस्ट)
मेरो विवाह यही वर्ष भएको हो । मेरो अन्तरजातीय प्रेम विवाह हो । मैले श्रीमान् तथा परिवारबाट माया, सद्भाव एवं सहयोग पाइरहेकी छु । परिवारमा सबैजना उच्चशिक्षित भएकाले आपसमा प्रोफेसनल कुराहरू नै बढी सेयर हुन्छ । फलत: सबै क्षेत्रको जानकारी पाइन्छ । विशेष गरी मेरा सासू–ससुरा उच्चशिक्षित भएकाले पनि उहाँहरूबाट छोरीकै व्यवहार पाइरहेकी छु ।
पढ्ने, पढाउने तथा आफ्नो प्रोफेसनल कामलाई अझ बढी लचिलो बनाउन सकेकी छु जुन विवाह गर्दाको फाइदा हो । तथापि विवाहपछि अलिकति भए पनि संस्कारी हुनैपर्छ । परिवार एवं आफन्तजनको सम्मानमा आफूलाई ढाल्नैपर्छ, उनीहरूलाई समय दिनैपर्छ । यसो गर्दा चराझैं उड्न खोज्ने युवा चाहना बाँधिएजस्तो लाग्नसक्छ । अहिलेको पुस्तालाई पहिरन एवं खानपानमा पनि असहज महसुस हुनसक्छ । अर्ली बेडिङ सिकनेसले नवविवाहिताहरूलाई बढी नै पिरोल्छ । 


अन्तर्राष्ट्रिय स्तरको मोबाइल महोत्सव हुँदै


मंसिर २८, २०७३- 
नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबका रूपमा चिनिने पाको, न्युरोडलगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका विभिन्न मोबाइल संघले एकआपसमा एकीकरण गरेर नेपाल मोबाइल व्यवसायी संघ गठन गरेका छन् । नेपाल मोबाइल व्यवसायी संघ मोबाइलको क्षेत्रमा आबद्ध व्यवसायीहरूको सबैभन्दा ठूलो र पुरानो संस्था हो । संघमा हाल ५ सयभन्दा बढी रिटेलरको आबद्धता छ । 

संघका संयोजक पुरुषोत्तम बस्नेतले नेपालभरका मोबाइल आयातकर्ता, वितरक तथा रिटेलरहरूलाई संघमा समेटेर भविष्यमा महासंघ गठन गर्ने र संघले मोबाइल व्यवसायलाई वृद्धि तथा प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम गर्ने बताए । यसै क्रममा संघले अन्तर्राष्ट्रिय स्तरको मोबाइल महोत्सव गर्ने भएको हो । नयाँ वर्ष २०१७ को अवसर पारेर पाको, न्युरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजालगायतका क्षेत्रमा उक्त मोबाइल महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सव पुस १३ गतेदेखि १९ गतेसम्म आयोजना हुनेछ, जसमा ग्राहकहरूले समान मूल्यमा सिल प्याक गरिएका गुणस्तरीय उत्पादनहरू प्राप्त गर्ने सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दीप मानन्धरले बताए । यो महोत्सव नेपालमा आयोजना गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो मोबाइल महोत्सव हुने बताइएको छ । महोत्सवको अवधिभर मोबाइल बजारको विभिन्न स्थानहरूमा फुड जोन, किड्स जोन, गेमिङ जोनजस्ता आकर्षणसहित हरेक मोबाइलको खरिदमा विशेष छुट दिइने बताइएको छ ।


प्रियंकाको सेक्सी परिभाषा

- साप्ताहिक संवाददाता












पुस ३, २०७३- 
अभिनेत्री प्रियंका कार्कीले फेसबुकमा तस्बिर अपलोड गर्नेबित्तिकै पाउने पहिलो प्रतिक्रिया हो ‘सेक्सी’ अर्थात कामुक । अधिकांश प्रशंसकले आफ्नो सुन्दर तस्बिरमा सेक्सी भनेर प्रतिक्रिया दिन थालेपछि हालै प्रियंकाले सेक्सी शब्दलाई आफ्नै तरिकाले परिभाषित गरेकी छिन् ।

सामाजिक सञ्जाल ट्विटर तथा इन्स्टाग्राममा आफ्नो तस्बिर पोस्ट गर्दै प्रियंकाले सेक्सीको परिभाषा दिएकी हुन् । प्रियंकाले आफ्नो स्ट्याटसमा भनेकी छिन्— ‘राम्रो ओठ र राम्रो खुट्टा मात्र होइन, सेक्सी भनेको सोल (मन) हो ।’ प्रियंकाको यो परिभाषा उनका प्रशंसकले चित्त बुझाउने हुन् कि होइनन्, हेर्न बाँकी नै छ । 


पुस २, २०७३- विज्ञानका अविष्कारहरूलाई सही रूपमा उपयोग गरे लोकप्रियतासँगै फाइदा पनि हुन्छ । यो भनाइलाई केही यूट्युब प्रयोगकर्ताले पुष्टि गरिदिएका छन् । सामाजिक सञ्जालमा बढी समय खर्चिनेहरूका लागि यो राम्रो उदाहरण बन्न सक्छ, बन्नुपर्छ । खासगरी युट्युब मानिसका लागि मनग्य धनार्जन गर्ने माध्यम बन्न सक्छ भन्ने कुरो धेरैलाई थाहा नहुन सक्छ । तर, केही युवाले आफ्नो नेम, फेम र इन्कमको स्रोत यसैलाई बनाएका छन् । तिनीहरू यसमा सफलसमेत भएका छन् ।
युट्युबबाटै धनाढ्य बनेकाहरूबारे अमेरिकी अखबार फोब्र्सले हालै एउटा सूची जारी गरेको छ । उक्त सूचीमा युट्यबबाट सबैभन्दा बढी धन कमाउने ‘टप टेन’ युवाहरूका नाम समेटिएका छन् । 
युट्युबको व्यवस्थापन शुल्क र कर कटाएर बाँकी रहेको कमाइको आधारमा सूची तयार पारिएको हो । अखबारले सूचीलाई थप विश्वसनीय र प्रामाणिक बनाउन विभिन्न मानक संस्थालाई आफ्ना आधार बनाएको छ । तीमध्ये निएल्सेन र आईएमडीबी पनि हो । निएल्सन कम्पनी पुस्तक, संगीत र हास्यव्यंग्यलगायत सामग्रीको लोकप्रियतालाई आफ्नो मानक बनाएर तथ्यांकहरू सार्वजनिक गर्ने अमेरिकी संस्था हो । ‘आईएमडीबी’ भने चलचित्र, टिभी कार्यक्रम, च्यानल, सेलिब्रेटीहरूबारे तथ्य सार्वजनिक गर्ने विश्वकै लोकप्रिय संस्थाका रूपमा परिचित छ । यसैगरी अखबारले अन्य स्रोतहरूमा विभिन्न संस्थाका अधिकारीहरूसँग अन्तर्वार्ता, वकिल, उद्योगी र स्टार्स बनेकालाई समेत सूची प्रमाणित गर्ने आधारका रूपमा उपयोग गरेको जनाएको छ । 
पाँच वर्षअघि रोमान एटवुडले पहिलोपटक युट्युब भिडियो, ‘इपिक कुलर प्रान्क’ अपलोड गरेका थिए । मात्र तीन मिनेटको उक्त क्लिपमा जोनी नक्सिभाइलेले सडकमा एउटा ठूलो पानीकुलर बोकेर गइरहेका मानिसहरूलाई बडो रोचक शैलीमा प्रस्तुत गरेका छन् । त्यसमा तिनीहरूलाई केही टिप्सहरू दिइरहेको देखाइएको थियो । 
वास्तवमा त्यो कुलर खाली थियो, मानिसलाई मूर्ख बनाएर हँसाउनका लागि यसो गरिएको रहेछ । तर, त्यही भिडियो हिट भएपछि उनी एकाएक चर्चामा आए । एडवुड भन्छन्, ‘उक्त क्लिप मेरा लागि पैसा कमाउने माध्यम बन्न सक्छ भनेर मैले त्यो युट्युबमा राखेको होइन । तर, त्यसले मलाई चर्चित मात्रै बनाएन, रातारात म सेलिब्रेटी पो बन्न पुगेछु ।’ 
फोर्ब्सले दोस्रोपटक युट्युबबाट सबैभन्दा बढी धन कमाउनेहरूको वार्षिक सूचीमा एडवुडसमेत परेका छन् । 
युट्युबले १० वटा च्यानलका १२ जनालाई इन्टरनेट सेलिब्रेटी नै बनाएको अखबारको रिपोर्टमा उल्लेख छ । यसरी सेलिब्रेटी बनेकाहरूको कुल सम्पत्ति अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बढेर १२ महिनामा ७० दशमलव ५ मिलियन अमेरिकी डलर पुगेको छ । सूचीमा र्‍यापर, प्रांकस्टर, नर्डी ब्याकर र सिउडोनिमस ग्यामर्सका जोडीसहित सबैका कुल सम्पत्ति ५ मिलियन अमेरिकी डलर रहेको थियो । 
अघिल्लो वर्षमा झैं यो वर्ष पनि स्विडेनका यूट्युबर प्युडिपाईलाई कसैले उछिन्न सकेन । उनी १५ मिलियन अमेरिकी डलरका साथ पहिलो स्थानमा छन् । प्युडिपाईले विश्वकै सबैभन्दा धनी युट्युबरको ‘उपाधि’ पाएका हुन् । उनी ‘प्लेइङ भिडियो गेम्स विथ योर ब्रोज’ नामको च्यानल चलाउँछन्, उनको वास्तविक नाम ‘फेलिक्स अभरिड उल्फ क्जेलबर्ग’ हो । उनका युट्युब च्यानलका ५० मिलियन (५ करोड) सदस्य छन्, त्यसबापत उनले १५ मिलियनको ‘पे चेक’ पाएका छन् । अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले उनको कमाइ बढेको छ । उनको युट्युब रेड शृंखला र बुक ‘दिस बुक लभ्स यु’ ले पनि यसमा निकै योगदान पुर्‍याएको छ । निल्सेन बुक स्क्यानका अनुसार उनको पुस्तक १ लाख १२ हजारभन्दा बढी प्रति बिक्री भइसकेको छ । 
सूचीमा प्युडिपाईलाई रोमान एटवडले पछ्याएका छन् । दोस्रो स्थानमा रहेका उनले अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतले आम्दानी बढाउन सफल भएका छन् । उनको आम्दानी ८ मिलियन (८० लाख) अमेरिकी डलर रहेको फोब्र्सले जनाएको छ । ‘प्रांक्ड’ नामक एटवुडको युट्युब च्यानलमा सात मिलिनय (७० लाख) फ्लोअर्स छन् । उनले बनाएको फिचर फिल्म ‘न्याचुरल बर्न प्रांकस्टर्स’ 
युट्युबमा चर्चित छ । उनको बैंक खातामा १ दशमलव ५ मिलियन (१५ लाख) अमेरिकी डलर रहेको छ । सर्वाधिक कमाइ गर्ने युट्युबरहरूमा भारतीय मूलकी क्यानेडेली नागरिक लिली सिंह ७५ लाख अमेरिकी डलरका साथ तेस्रो स्थानमा छिन् । लिलीको च्यानलको नाम हो ‘सुपरवुमन’ । उनी कमेडियन हुन्, मानिसलाई हँसाउनेमा बिस्तारै ख्याति कमाउँदै आएकी छन् । यो वर्ष उनको लोकप्रियतामा उल्लेख्य वृद्धि भएको छ । जुन अब पूरै विश्वमा तहल्का मचाएको स्थितिमा पुगेको छ ।
यसैगरी दुई बालसखा तथा चर्चित युट्युबरद्वय इयान हेकान्स र एन्थोनी पेडिला ७० लाख अमेरिकी डलरका साथ चौथो स्थानमा छन् । दुवै मिलेर ५ वटा युट्यूब च्यानल चलाउँछन्, जसमा ‘स्मोस’ पनि एक हो । यो अत्यन्तै लोकप्रिय र चर्चित छ । यी जोडीले एउटा चलचित्रसमेत बनाइसकेका छन् । 
सूचीमा परेका अन्यमा क्रमश: रोजाना प्यान्सिनो, टाइलर ओकली, मार्किप्लियर, जर्मन जर्मेन्डिया, रेट एन्ड लिंक र कोलिन ब्यालिंगर छन् । जहाँसम्म रोजानाको कुरो छ, उनी युट्युबमा खाना बनाएर देखाउँछिन् र मानिसलाई नयाँ परिकार बनाउनसमेत सिकाउँछिन् । उनले बडो आकर्षक शैलीमा खानाभित्र लुकेको विज्ञानबारे पनि जानकारी दिने भएकाले धेरैको रोजाइमा उनले चलाउने युट्युब बन्न पुगेको हो । रोजानाले युट्युबबाटै ६० लाख अमेरिकी डलर कमाइ गरिसकेकी छन् । उनका कयौं पुस्तकसमेत प्रकाशित भइसकेका छन् । छैठौं स्थानमा आफूलाई सूचीकृत गराउन सफल ओकली एलजीबीटी एक्टिभिस्टसमेत हुन । सन् २०१५ मा टाइलरले ‘बिन्ज’ नामको पुस्तक लेखेका थिए, जुन ‘न्युयोर्क टाइम्स’ अखबारको बेस्टसेलर बन्न पुग्यो । 
हाल उनको डायरीजस्तै भिडियो युट्युबमा हिट भएको छ । यसैबाट उनको आम्दानी ६० लाख अमेरिकी डलर पुगेको छ । अर्का युट्युबर मार्किप्लियर ५५ लाख अमेरिकी डलरका साथ सातौं स्थानमा छन् । उनको वास्तविक नाम मार्क फिसबाख हो । उनले चलाएको युट्युब च्यानलको एक वर्षमै १५ लाख सदस्य थपियो । जर्मेन्डिया ५५ लाख डलरका साथ आठांै सर्वाधिक कमाउने युट्युबर बनेका छन् । 
ल्याटिन अमेरिकाको सबैभन्दा हिट उनका युट्युब च्यानल ‘द चिलियन कमेडियन’ का ४८ लाख फलोअर्स छन् । उनले ‘चीन’ च्यानल पनि चलाउँछन् । फोब्र्सको सूचीमा रेट एन्ड लिंक ५० लाख डलरका साथ नवौं स्थानमा परेका छन् । रेट मेक्लागलिन र चाल्र्स लिंकन निल इन्जिनियर बन्न हिँडेका थिए तर कमेडियन बन्न पुगे । यसले उनलाई धनाढ्यनै बनाइ छाड्यो । उनको सो ‘गुड मिथिकल मनिङ’ युट्यबका पारखीमाझ अत्यन्तै लोकप्रिय बन्दै गएको छ । दसौं स्थानमा कोलिन ब्यालिंगर परेकी छन् । ५० लाख डलर उनले युट्यबबाटै कमाएकी छन् । उनी आफ्नो चुट्किलाबाट मानिसलाई हँसाएरै यति कमाएकी हुन् । उनको किताब ‘सेल्फ हेल्प’ पनि खुबै चर्चित बनेको छ । 
(एजेन्सीहरूको सहयोग) 


http://kantipur.ekantipur.com/news/2016-12-17/20161217083409.html