Sunday, December 18, 2016

नेपालद्वारा मलेसिया १ विकेटले पराजित

कान्तिपुर संवाददाता , काठमाडौं
श्रीलंकामा जारी एसिया कपमा नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको थियो । पहिलो ब्याटिङ गरेको मलेसियाले ४४.४ ओभरमा सबै विकेट गुमाएर मात्र १५३ रन बनाउन सफल भएको थियो ।मलेसियाका लागि क्याप्टेन भिरेनदीप सिंहले सर्वाधिक ७५ रन बनाएका थिए । नेपालका तर्फबाट आदिल खानले ३ विकेट लिन सफल भएका थिए ।१५४ रनको लक्ष्य लिएर मैदानमा आएको नेपाली टिमले ४४.४ ओभरमै ९ विकेट गुमाउँदै उक्त लक्ष्य प्राप्त गरेको हो । नेपाली ब्याट्स्म्यानहरुले औसत प्रदर्शन मात्र गरे पनि विजयी लक्ष्य भने प्राप्त गर्न सफल भएको हो ।यस अघिका दुवै खेलमा पराजित भएर बाहिरीसकेको नेपालको लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र थियो



No comments:

Post a Comment